सफलताको लागि सफल व्यक्तिहरुको सफताका टिप्सहरु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
सफलताको लागि सफल व्यक्तिहरुको सफताका टिप्सहरु

Share

सफल मान्छे बन्न सवैले चाहिरहेको हुन्छ । तर कहिलेकाँही सहि मार्ग निर्देशन नहुँदा असफल पनि बनिरहेको हुन्छ । सफलताको लागि लगनशिलता र निरन्तरता सधैं आवश्यक पर्दछ । साथै सहि मार्गनिर्देशन विचारको पनि आवश्यक पर्दछ । सफल व्यक्ति वाल्ट डिज्नेका अनुसार “सफलता प्राप्त गर्नको लाग बोल्न छोडेर काम गर्न सुरु गर्नु ।” 

यस्तै सफल व्यक्तिहरुको केही सुत्रहरु यस्तो छ :

आत्माविश्वास र आफूले जीवन प्रति गर्व गर्न सक्ने अधिकार कमाऊ  । –जोन वुड
आपूmले चाहेको कामबाट सफलता हाँसिल गर्न गाह्रो छ । त्यसैले व्यवसाय गर्न लागेका व्यक्तिहरु बीचमै अत्तालिन्छन् र सुरक्षित ठाँउ तिर लाग्छन्, त्यो हो निश्चित तलव सहितको जागिर । सफल व्यक्तिहरुका अनुसार, तलवमा काम गर्नु भनेको कुनै कुराको नशा लाग्नु जस्तै हो । तलवमा काम गर्दा तिमीले कम जोखिम, कम मेहनतमा, कम तनाव मोलेर निश्चित पैसा, निश्चित समयमा पाईरहन्छौ । जसले तिमीलाई जोखिम मोल्नबाट टाढा गराउँछ, हिम्मत दिंदैन । त्यस्तै, जागिरले तिमीलाई निश्चित घेराबन्दीमा बाँध्ने हुनाले चाहेर पनि तिमीले आफ्नो सपनाको लागि पर्यप्ता समय दिन सक्दैनौ ।

तिम्रो जीवनको मुख्य लक्ष्य भनेको आफूमाथी आफू आफैले शासन गर्ने हुनुपर्छ । –ओस्कर वाईल्ड
यदि तिमीले आफ्नै केही गर्न चाहन्छौ तर कुनै एउटा जागिरमा निश्चित तलवमा तिमी अझिरहन्छौ भने तिमी अगाडि बढ्न झनै कठिन हुन्छ । जागिर गर, तर त्यसलाई आफ्नो काममा अगाडि बढ्ने सिंडि बनाऊ । यदि तिम्रो जागीर तिम्रो लागि आवश्यक छ भने, तिम्रो भविष्यको लक्ष्य के हो, तिमी के गर्न चाहन्छौ, सकेसम्म त्यससँग सम्बन्धित जागिर गरेर काम सिक, जागिरबाट आफ्नो आधार निर्माण गर ।

मैले भोगेको गरिबी नै मेरो लागि सवैभन्दा ठूलो प्रेरणा बन्यो ।

 –जिम्मी डिन

यदि जीवनमा सफल हुन चाहन्छौ भने, अहिले तत्कालको फाईदा हेरेर काम नगर । सानो कामबाट नै सुरु ग¥यौ भने पनि त्यो काम तिमीले कति सम्म बढाउन सक्छौ, त्यो कामले तिमीलाई कहाँ पु¥याउन सक्छ सबै खाका बनाएर काम गर । त्यो कामसँग जोडिएको आफ्नो लक्ष्य अनुसार योजना बनाऊ ।

तपाईको प्रतिक्रिया