ललितपुरमा आगलागी पाँच घाइते

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
ललितपुरमा आगलागी पाँच घाइते

Share

नारीकोसिस डटकम/माघ १९, ललितपुर । ललितपुर बखुण्डोल नेपालस्थित कोरियन दूतावास नजिकको कवाडी गोदाममा आगलागी भएको छ । आगलागीमा परी ५ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताउनुभयो ।

ललिलपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र नेपाली सेनाको दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

उहाँले भन्नुभयो,‘काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल र नेपाली सेनाले आगो निभाउने प्रयास गरिरहनुभएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया