चामल बोकेको ट्रक पुलबाट खस्यो, चालक घाइते

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
चामल बोकेको ट्रक पुलबाट खस्यो, चालक घाइते

Share

नारीकोसिस डटकम/माघ २०, चितवन । चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् ।

भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको थियो ।

दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया