चीनमा कोरोनाभाइरस संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइन्

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
चीनमा कोरोनाभाइरस संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइन्

Share

एजेन्सी । चीनको उत्तरपूर्वी प्रान्त हेलङजियाङस्थित अरबिन सहरकी कोरोना भाइरसबाट संक्रमित एक गर्भवती महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छन् ।

बिहीबार ज्वरो बढेपछि ती गर्भवती महिला अरबिन सहरको ६ नम्बर अस्पतालमा जचाउन पुगेकी थिइन् । परीक्षणपछि उनमा कोरोभाइरस रहेको पुष्टि भयो ।

त्यसपछि चिकित्सकले भाइरस गर्भसम्म फैलिने डरमा ३८औं हप्ता पुगेको महिलाको गर्भलाई सोही दिन अपरेसन९सी सेक्सन विधि०गर्ने निर्णय गरे ।

अपरेसनपछि तीन किलोको स्वास्थ्य छोरी जन्मिएकी र उनी पूर्णरुपमा संक्रमणमुक्त रहेको अस्पतालका उपाध्यक्ष ना हुईले बताए ।

शुक्रबार र शनिबार गरिएको परीक्षणमा शिशुमा कोरोनाभाइरस नेगेटिभ पाइएको छ ।

अस्पतालले गर्भवती महिलाको नाम र उमेर भने सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया