नारी अस्मिता

नारी अस्मिता लुटेर
विभत्सव मृत्यु भोगाउने
अमानविय ब्यक्ति तिमी
तिमी र निर्जिव बस्तुमा
केहि फरक भएन
त्यहि अस्मिताबाट
संसारमा
तिमी निस्किएको
पटक्कै तिमीलाई आभाष रहेन
आमा र अस्मिता एउटैै हुन भन्ने
शब्द- शब्दलाई कुल्चिएर
तिम्रो जीवनको कुनै मुल्य रहेन
थाहा छैन तिमीलाई
नारी अबला मात्र हुदैनन्
देवि र दुर्गा बनेर निस्किए भने
बुझिराख
यो धर्तिमा तिम्रो अस्तित्व हुदैनन्
तपाईको प्रतिक्रिया