कागे अष्टमीको मेलामा दर्शन गरे पुण्य प्राप्त हुने धार्मिक जनविश्वास

कागेश्वरी मनोहरा नगरपालिका–१ राजधानीको उत्तरपूर्वी भेगस्थित गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने कागेअष्टमी मेला सम्पन्न भएको छ । मेलामा कागरुपी महादेवको पूजा तथा आराधना गरेमा काग स्पर्शबाट हुने अनिष्टबाट बचिने धार्मिक विश्वास रही आएको छ । विशेष धार्मिक एवं सांस्कृतिक महत्व रहेको छ । सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर एक शिवलिङ्ग उत्पन्न भएको भनाइ हस्त लिखित स्वस्थानी व्रत कथामा उल्लेख छ । साथै किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसैबेलादेखि वर्षेनी यहाँ मेला लाग्दै आएको बताइन्छ । मेलामा विभिन्न जिल्लाका हजारौँ तीर्थयात्रुको सहभागिता थियो ।
रसुवाको गोसाइँकुण्ड तीर्थ गरेका तीर्थालुले ल्याएको जल र मकै यसै दिन कागेश्वरी मेलामा चढाउनाले आकाश गंगाबाट बगेको पानीमा र स्नान गर्नाले चिताएको पुग्ने साथै त्यहाँको पबित्र जल कागेश्वरी महादेवलाई चढाउदा आफ्नो इच्छा पूरा हुने जनविश्वास रहदै आएको छ ।
सुन्दर र रमणिय यो ठाउँलाई विकास गरी पर्यटकिय रुपमा स्थापित गर्न कागेश्वरी मनोहरा नगरपालिकाले भाबि योजना समेत लानू गर्न आफना योजनाहरु अगाडी बडाई रहेको छ ।
स्थानियबासी महेश्वर ढकालका अनुसार कागेश्वरी मन्दिरसम्म पुग्न चाबहिल–जोरपाटी–डाँछी–भद्रबास–आलोपोट, चाबहिल–जोरपाटी–गोकर्णेश्वर–दोबाटो चोक–आलापोट र चाबहिल–जोरपाटी–ब्रह्मखेल–गागलफेदी हुँदै पुग्न सिकन्छ ।
तपाईको प्रतिक्रिया