सासु र बुहारीको सम्बन्ध कसरी राम्रो बनाउने ?

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
सासु र बुहारीको सम्बन्ध कसरी राम्रो बनाउने ?

Share

एउटा घरको छोरी अर्को घरमा गएर बुहारीको भूमिकामा हुन्छे । छोरी हुँदा जति स्वतन्त्रता उसले प्राप्त गर्दै, त्यति नै बुहारी हुँदा प्राप्त हुदैनन् । त्यसैले उ अलि संकोचित रहन्छे । अलिकति डर र भयले बाँचिन्छे ।
उसले विहे गरेको घर कस्तो छ ? साँघुरो सोचाईमा रहेको परिवार छकि फराकिलो ? यो बुहारीमाथि गर्ने व्यवहारबाट केहीदिनमा नै थाहा हुन्छ । अर्काको घरमा आफ्नोपन दिन वा घुलमिल हुन बुहारीलाई पक्कै नै समय लाग्छ । तर त्यो घरका सदस्यले गर्ने व्यवहार कस्तो छ ? सासुआमा, आमा हुन सकेकी छन् कि छैनन् ? श्रीमानले कस्तो हेरचाह गरेका छन् ? यी आदि कुरा पनि यहाँ भर पर्दछन् । त्यसै गरी बुहारीले पनि आफ्ना स्वभाव र व्यवहार प्रयोग गरेकी हुन् । सासुआमा भनेका हिजोका दिन विताएका हुन्छनन् भने बुहारी आजका दिन र चालचलनमा भिझेकी हुन्छिन् । यी विचमा केही तालमेल मिल्दैन र राम्रो नराम्रो मिलाएर जीवनको प्राप्ती खोज्नुपर्छ ।

 

शिक्षित परिवार र संसार मुक्त घर संसारबाट हुर्केको होरीमा धेरै सकारात्मक धारणा हुन्छन् त्यसैले उसले जस्तै ताल मेल नमिलेको घर पनि व्यवस्थित बनाउँन सकिन्छ । तर नारी शोषण र दमन गर्ने घरमा चाहि त्यो प्राय असंम्भ नै रहन्छ । त्यहाँ नारीले दासत्वमा राख्नु सिवाय केही उपाय रहदैन । पहिला विवाह गरेको घरमा बुहारीलाई बुभ्mने छोरा अर्थात श्रीमान हुनुपर्छ । त्यति नै बुझाई बस्तीमा पनि हुन जरुरी छ । धौ बुहारी सकारात्क हुनुपर्छ । त्यसै गरी सासुआमा अर्कोको छोरी मेरो बुहारी नभएर छोरी नै हो भन्ने व्यवहार स्वाभाव हुने दिन जान्ने हो भने र बुहारीले आफ्नो दायित्व र कर्तव्यलाई अनुशासित ढंङ्गले निर्वाह गर्ने हो भने यो सम्बन्धलाई पनि सुमुधर बनाउन सक्ने कुरामा दुईमत हुदैन ।

तपाईको प्रतिक्रिया