एसईई परीक्षा चैत १९ देखि

कोशिस मल्टिमेडिया
३ घण्टा पहिले

Share

माघ ७, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने तय भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज बुधावार परीक्षा तालिका सार्वजनिक गरेको हो।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो।

यो वर्ष एसइई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन् ।

 

तपाईको प्रतिक्रिया