संघर्ष र चुनौतीलाई सामाना गर्दै सफलताको उचाईमा सविता……(भिडियो सहित)

निर्मला सापकोटा सञ्जेल र सुनिता तामाङ , काठमाडौं । “यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।” विश्व प्रसिद्ध समाजसेवी मदर टेरिसाले भने झै आफ्नो जीवन अटिजम बालबालिकाहरुका लागि समर्पित गर्ने संकल्प लिएर त्यस्ता बालबालिकाहरुको सेवा गर्दै आएकी समाजसेवी तथा ४५ सन्तानकी सफल आमा हुन, सविता उप्रेती । दोलखा घर भई हाल काठमाडौंमा अटिजम बालबालिकाहरुका लागि विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र स्थापना गरी, सुरुवाती दिनमा २ जना बालवालिकाबाट सुरु गरेका उक्त केन्द्रमा हाल ४५ जना अटिजम बालबालिकाहरु रहेका छन् । सामान्यतया बालबालिका जन्मेपछि शारीरिक विकास हुदै बौद्धिक विकास सँगै हिड्डुल गर्ने, सञ्चारको सीपलाई प्रयोग गर्ने, सामाजिक व्यवहारहरू सिक्दै जाने गर्छन् । तर अटिजम भएका बालबालिकाहरुमा शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप सिक्ने क्षमता कम हुन्छ । अटिजम भएका मानिस असहज व्यवहारका कारण सामाजिक रूपमा सामान्य जीवन बिताउन सक्दैनन् । उनीहरूलाई दैनिक व्यवहार, आचरणसम्बन्धी विशेष थेरापीको आवश्यक हुन्छ । अटिजम एक रोग नभई मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशेष अवस्था हो । जुन अवस्थालाई सामान्य बनाउन कठिन हुन्छ ।तर यस्ता स्कुलको सिकाई बाट केहिहद सम्म सुधार गर्न सकिन्छ । यो अवस्थाआफैमा कठिन छ । त्यसमाथी एक आमाको अनुभूति तथा अनुभव नगरेकी सविताका लागि ती अटिजम बालिबालिकालाई हेरचाह गर्नु भनेको ठूलै चुनौतिको विषय थियो ।
“निरन्तर अभ्यास गरिरहने व्यक्तिले विजय प्राप्त गर्छ ” फ्रान्सेली सैनिक तथा राजनैतिक नेता नेपोलियन वोनापार्टले भने झै सविताले आफ्नो काम प्रति निरन्तर अभ्यासले सफलताको उचाईमा पुगेकी छिन् ।उनी राष्ट्रिय युवा प्रतिभा पुस्कार, नेपाल निजामति कर्मचारी संगठन, रामबावु ज्ञानु समाज सेवा पुस्कार तथा अन्तराष्ट्रिय स्तरका दुई दर्जन भन्दा बढी पुरस्कारले सम्मानित भईसकेकी छिन् भने सामाजिक अभियान्तका रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पनि परिचित हुन सफल भएकी छिन् । साथै ,महिलाले पनि समाजको लागि केही योगदान दिन सक्छन भन्ने एक उदाहरणीय पात्र हुन् , सविता उप्रेती ।
सविताको संर्घष
घरको आर्थिका अवस्था कमजोर भएका कारण कुनै काम नगरी पढाईलाई निरन्तरता दिन सकिने अवस्था नभएको कारणले शिक्षण पेशा तथा संचार क्षेत्रमा पनि केही समय काम गरिन् । यहि शिलशिलामा उनले राष्ट्रिय अपाङ्ग कोषको केन्द्रिय व्यवस्थापन अधिकृत भइन र अपाङ्गता भएका व्यक्तिहरुको थुप्रै अवस्थालाई नजिकबाट नियाल्ने मौका पाईन् । “अटिजम भएका बच्चाहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक , उनीहरुले भोगेका सास्ती अनि उनीहरुलाई उपयुक्त वातावरण दिन पाएमा त्यस्ता बालबालिका र अभिभावकलाई राहत मिल्ने थियो भन्ने सोचका साथ यो क्षेत्रमा काम गर्न शुरू गरेकी हुँ ।”
सुरुवाती दिनहरुमा एउटा अविवाहित महिला त्यसमाथी उनको युवा अवस्था देखेर उनलाई एउटा आमाले त समाल्न नसक्ने अवस्थाको बालबालिकालाई के सम्मालन सक्लिन र ? भन्ने जस्ता अविश्वास, कुरा काट्ने, नाक खुमच्याउने मान्छेहरुको कमी थिएनन् । तर पनि उनी आफ्नो काम कर्तव्यप्रति निरन्तर संघर्षमा लागिरहिन् ।
सादा जीवन र उच्च विचार धनि सविताको सफलता अटिजम बालबालिकाको सेवाबाट पाएकाे आत्मासन्तुष्ठिले नै चरम विन्दुमा पुग्छु भनि त्यस्ता बच्चाहरुका निमित्त, विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र खोल्दाको सुरुवाती दिनहरुमा संघर्ष र युवा अवस्था, आर्थिक कठिनायी, सम्बन्धित निकायको वेवास्ताका कारण धेरै चुनौतीहरु खेप्नु पर्यो। भन्छिन् “पहिलो त अविवाति, युवा अवस्था, आर्थिक पाटो बलियो नभएकोले संस्था दर्ता देखि लिएर, अफन्त पनि मैले पैसा माग्छ कि भनेर बोल्नसम्म गाह्रो मान्ने, अनि अविवाहित महिलाले के बच्चा समाल्नन् भनेर विश्वास नगर्ने, जसले गर्दा विश्वास जित्न अनि बच्चाहरु संकलन गर्न धेरै चुनौतीहरुको समाना खेप्नु पर्यो ।”
२०६७ सालमा स्थापना गरेता पनि २०६८ सालबाट कानुनी रुपमा मान्यता पाएको उक्त स्कुल स्थापना गर्ने रकम आफ्नो विवाह गर्दा लाग्ने खर्च बराबरको रकम पिरवार र साथी तथा आफन्तले आफ्नो विवाहमा दिने उपहार स्वरुपा दिईने रकम सहयोग मागीन उनले । जसअनसार आफन्तले पाँच रुपैयाँदेखि ७० हजारसम्म सहयोग गरे । सबै रकम जम्मा गर्दा पाँच लाख रुपैयाँ भयो । त्यही रकमले विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र स्थापना गरेकी हुन् । उनी सुरुवाती दिनहरुलाई यसरी सम्झिछिन् “कठिनायीका कयौ दिनहरु छन्, संस्था शुरुवात गर्दा, त्यतिबेला मलाई यो काम फलामको चिउरा चपाउनु जतिकै कठिन थियो तर पनि म आफ्नो इच्छा अनुसारको काम र त्यसकामले समाजलाई सहयोग पु¥याउने निश्चन्त भएका कारण आफनो लक्ष्यप्रति दृडता बोकि निरन्तर अगाडि बढे । जसअनसार संघर्षको प्रतिफल पाएको महशुस हुन्छ, अटिजम बालबालिकाहरुका लागि केही रुपमा भए पनि सेवा प्रदान गर्न पाएकामो छुट्टै आनन्द अनुभति हुन्छ ।”
२०६७ सालमा स्थापना गरेता पनि २०६८ सालबाट कानुनी रुपमा मान्यता पाएको उक्त स्कुल स्थापना गर्ने रकम आफ्नो विवाह गर्दा लाग्ने खर्च बराबरको रकम परिवार र साथी तथा आफन्तले आफ्नो विवाहमा दिने उपहार स्वरुपा दिईने रकम सहयोग मागीन उनले । जसअनसार आफन्तले पाँच रुपैयाँदेखि ७० हजारसम्म सहयोग गरे । सबै रकम जम्मा गर्दा पाँच लाख रुपैयाँ भयो । त्यसरी आर्थिक जुटाएर विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र स्थापना गरेकी हुन् उनले ।
करिव ७ वर्षको समाज सेवा यात्राको क्रममा विविभन्न चुनौती समस्याहरु झेल्दै आफ्नो काममा निरन्तर प्रयासले एक सफल समाजसेवी बन्न सफल भएकी उनी समाज सेवीका रुपमा विभिन्न देशहरु अष्ट्रिलिया, कोरिया, अमेरिका, इजरायल, भारत लगायत विभिन्न देशहरुको भ्रमण गरीसकेकी छिन् । साथै विभिन्न संघसंस्थाहरुबाट सम्मानित भएकी छिन् । वास्तवमै सविताको सह्राणिय कामप्रति हामी सवैले समम्मान र प्रेत्साहन दिनुपर्छ । साथै राज्यले पनि यस्ता स्कुललाई प्रात्साहन दिई ब्यबस्थापनमा सहयोग पुर्याएमा यस्ता सामाजिक काम गर्ने महिलालाई थप हौसला र प्रोत्साहन मिल्नेछ र अटिजम वालवालालिकाहरुका लागि केही राहत मिल्नेमा कुरामा दुईमत हुने छैन ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
तपाईको प्रतिक्रिया