दशै यसरी पो मनाउनेकी !

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
दशै यसरी पो मनाउनेकी !

Share

नेपालीहरुको महान चाड बिजया दशमी सबैको घरको आगन सम्म आईपुगि सकेको छ । दशैको फुलपाती पनि भित्रिसकेको छ ।कामकाजमा लागि राजधानि भित्रिएका मानिसहरु आ-आफनो जिल्लामा धेरै जसो पुगिसकेका छन भने कतिपय पुग्नै बाकिमा छन । विदेशमा बसेकाहरु कोहि घर सम्झि टोलाएका होलान त कतिले मन बाधि बुझाएका होलान । एक पेट खान र लाउनेले पनि दशैको लागि भनेर सर -सामन  जुटाएका छन । के जात,के धर्म, के गरीब, के धनि सबैमा एउटै उमंग उहि र उस्तै हर्ष र उल्लास बोकेर दशै आएको छ ।

दशैमा बालबालिका विशेषगरी खुसी हुन्छन भने ठूलालाई चाहि कामकाजबाट फुर्सद मिलेकोमा आन्नद लाग्छ ।एकआपसको भेटघाट, ठूलाबाट लिईने आर्शिबाद र हार्दिक्ता साटासाट गरिने रमाइलो बेला हो दशै ।तसर्थ हामी यस्तो दशैमा आफनो आम्दानिको स्रोत हेरी खर्च गरौ अर्थात घाटी हेरी हाड निल्ने उखानलाई आत्ममासाथ गरौ । आफुलाई ऋणको भारी नबोकाउ ।  आफुसँग जे जस्तो छ त्यसलाइ आफु सँग भएको आम्दानि बाट ब्यबस्थापन गरौ र आत्मा सम्मानले निर्धक्क साथ दशै मनाउ ।

दशैमा देखासेखि नगरौ । दशैमा दिइने दक्षिणा पाउना अनुसार नभएर आफनो आर्थिक अवस्था अनुसार राखौ । आफनो स्वास्थ्थलाई हेरेर खानपानलाई ध्यान दिउ । दशैलाई सकारात्मक ढंगले मनाउ । ताकि चाडपर्व सकिदा हामी शारिरीक र मानसिक दुबै हिसाबले तन्दुरुस्त हुन सकौ । दशैमा हामी टिका, जमरा र आर्शिबाद सँगै दुखेका मनहरु हसाउ, टुटेका सम्बन्धहरु जोडौ र तर्किएका आफन्तहरुलाई फर्काउने प्रयास गरौ । माता दुर्गा भवानीले अत्यचारीको नास गरे झै अन्याय गर्नेहरुलाई ठेगान लाउन सिकौ । प्रत्येक बर्षको दशैको टिका, जमरा र आर्शिबादले हामीलाई थप साहस र हौसला प्राप्त गराओस । हामी सबैले  दशैलाई स्वस्थ र आनन्ददायी चाड बनाएर मनाउ ।

तपाईको प्रतिक्रिया