बस र लरी ठोक्किँदा ११ जनाको मृत्यु
पुष १० । भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी ट्रक ठोक्किदा कम्तिमा ११ जनाको मृत्यु भएको छ।
बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किदा ११ जनाको मृत्यु भएको र २४ जना घाईते भएको बिबिसिले जनाएको छ ।
दुर्घटनापछि बस पूर्ण रूपमा क्षति भएको छ भने ३२ जना यात्रु बसमा सवार थिए र ठक्करपछि बसमा आगो लागेको थियो। हालसम्म ११ शवको पहिचान भएको र सबै घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ।



तपाईको प्रतिक्रिया