काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्र शाहको दोब्बर मतले अग्रता

कोशिस मल्टिमेडिया
२ महिना पहिले
काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्र शाहको दोब्बर मतले अग्रता

 

जेठ ५, काठमाडौँ। काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ ।

केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ । उहाँले २० हजार २०१ मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले १० हजार ६३८ तथा नेपाली काँग्रेसकी सिर्जना सिंहले नौ हजार ८७७ मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो ।

हालसम्म ५२ हजार ८२७ मतगणना भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा बाँकी वडाको मतगणना कार्य भइरहेको छ ।

तपाईको प्रतिक्रिया