महिला कर्मचारीलाई सुत्केरी बिदा अनिवार्य उपलब्ध गराउन आग्रह: स्वास्थ्य मन्त्रालय

कोशिस मल्टिमेडिया
२ महिना पहिले
महिला कर्मचारीलाई सुत्केरी बिदा अनिवार्य उपलब्ध गराउन आग्रह: स्वास्थ्य मन्त्रालय

 

 

जेठ २५, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  महिलाहरुलाई दिइने सुत्केरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।
कतीपय सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरूलाई नियमानुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको गुनासो आएको भन्दै मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ ले महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा अन्ठानब्बे ९८ दिनसम्मको तलब सहितको प्रसूति बिदा पाउने व्यवस्था रहेकोले सो अनुसार बिदा उपलब्ध गराउन निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया