उज्यालो नेपाल पार्टीले गर्‍यो चुनाव लड्न आह्वान

कोशिस मल्टिमेडिया
१ दिन पहिले

Share

पुस २७, काठमाडौ । कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको चुनाव चिह्नबाट सहभागी हुन चाहनेलाई चुनाव लड्न आह्वान गरेको छ ।

यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा. राजु थापाले जानकारी दिनुभयो ।
रास्वपासँग एकताको सहमति गरेको उज्यालो नेपाल पार्टीले शनिबार एकता भाँडिएपछि यस्तो आह्वान गरेको हो ।

तपाईको प्रतिक्रिया