नेप्से परिसूचक बुधवार ६० भन्दा बढी अंकले बढेको शेयर बजार आज भने १७।६४ अंकले गिरावट

कोशिस मल्टिमेडिया
२ महिना पहिले
नेप्से परिसूचक बुधवार ६० भन्दा बढी अंकले बढेको शेयर बजार आज भने १७।६४ अंकले गिरावट

 

जेठ २६,काठमाडौं। बुधवार ६० भन्दा बढी अंकले बढेको शेयर बजार बिहीवार भने गिरावट आएको छ । बिहीबार नेप्से सूचक १७।६४ अंकले घटेर २०६२।८० बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४।०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १।०६ अंक र सेन्सेटिभ इण्डेक्स १।०७ अंकले घटेको छ ।

बिहीवार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बुधवारको तुलनामा बिहीवार कारोबार रकममा गिरावट आएको छ । बुधवार १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । बिहीवार कारोबारमा आएका १३ वटै उपसमूह मध्ये १२ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । भने १ वटा उपसमूहको सूचक सामान्य अंकले बढेको छ । जसमा विकास बैंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ । व्यापार तथा प्रशोधन उपसमूहको परिसूचक ०।१२ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि उपकार लघुवित्त र बलेफि हाइड्रोपावरको सेयरमूल्य उच्च अंकले बढेको छ भने मिथिला लघुवित्तको ३।९५ प्रतिशत नयाँ सारथी लघुवित्तको २।७५ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको २।७० प्रतिशतले बढेको छ । तर यता, सिगटी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५।३४ प्रतिशतले घटेको छ । त्यस्तै, समिट लघुवित्तको ५।०३ प्रतिशत, इमर्जिङ नेपालको ४।३४ प्रतिशत र लुम्बिनी विकास बैंकको ४।३० प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा कुमारी बैंकको सबैभन्दा धेरै ६ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ४ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।रासस

तपाईको प्रतिक्रिया