विभिन्न संघ–संस्थाका चुनाव नगर्न निर्वाचन आयोगको निर्देशन

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले

Share

माघ ९, काठमाडौं । निर्वाचन आयोगले विभन्न संघ–संस्थालाई आफ्नो चुनाव स्थगित गर्न निर्देशन दिएको छ । आयोगले शुक्रबार चुनाव स्थगित गर्न निर्देशन दिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशसभागत चुनाव, नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभा, नेपाल चिकित्सक संघको प्रदेशको निर्वाचनलगायत संघ–संस्थाको चुनाव स्थगित गर्न निर्देशन दिने निर्णय गरिएको स्रोतले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति निर्वाचन आचारसंहिता लागु भइसकेको छ ।

तपाईको प्रतिक्रिया