गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
माघ ९, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई आगामी प्रतिनिधि सभाको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिनुभएकोे हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।




तपाईको प्रतिक्रिया