स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो नेपाल पार्टीको समर्थन

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले

Share

माघ १०, म्याग्दी । म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवार महावीर पुनलाई समर्थन गरेको छ।

उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाले शनिबार विज्ञप्ति जारी गरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा निवर्तमान शिक्षामन्त्री पुनलाई समर्थन गर्ने जानकारी गराउनुभएको हो।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उज्यालो नेपाल पार्टीप्रति सद्‌भाव र समर्थन राख्नुहुने सम्पूर्ण मतदाता, शुभेच्छुक तथा समर्थकहरूलाई म्याग्दी जिल्लामा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत आफ्नो अमूल्य मत डा. महावीर पुनलाई प्रदान गर्न हामी हार्दिक अनुरोध गर्दछौँ।’

 

तपाईको प्रतिक्रिया