सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी लीला भण्डारी विजयी

कोशिस मल्टिमेडिया
३ घण्टा पहिले

Share

माघ ११, कञ्चनपुर । सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य लिला भण्डारी विजय भएका छन् । कैलाली जिल्ला पार्टि ईन्चार्ज भण्डारीले ३ हजार ९९४ मतभारसहित राष्ट्रिय सभाको सदस्य पदमा विजयी हुनुभएको हो ।

उहाँको प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका रोजी बस्नेतले १ हजार ६७५ मतभार प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय सभाको २ सदस्य चयनका लागि आइतबार मतदान भएको थियो।

 

 

तपाईको प्रतिक्रिया