काठमाडौं महानगरिपालिकाले साइनबोर्ड राखेवापतको कर ३० दिनभित्र बुझाउन निर्देशन

कोशिस मल्टिमेडिया
३ महिना पहिले
काठमाडौं महानगरिपालिकाले साइनबोर्ड  राखेवापतको कर ३० दिनभित्र बुझाउन निर्देशन

काठमाडौं ७, असोज। काठमाडौं महानगरिपालिकाले परिचयपाटी (साइनबोर्ड) राखेवापतको कर ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

महानगर क्षेत्रभित्र व्यवसाय गर्ने केही व्यक्ति, संघ संस्थाले आफ्नो कार्यस्थल बाहिर राखी आएको परिचयपाटी (व्यक्ति व्यवसाय वा संघ संस्थाको परिचय खुल्ने नाम भएको ) राखेवापतको महानगरलाई बुझाउनुपर्ने परिचयपाटी वापतको शुल्क ३० दिनभित्र सम्बन्धित वडा कार्यलयमा गई बुझाउन सम्बन्धीत सबैलाई जानकारी गराइएको छ।
उक्त सूचना महानगरले शुक्रबार जारी गरेको हो ।

तपाईको प्रतिक्रिया