महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली परिचालन

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली परिचालन

Share

नारीकोसिस डटकम/जेठ ६, काठमाडौं । सार्वजानिक यातायातमा महिलाहरुमाथि हिंसा हुन नदिनका लागि प्रहरीले आगामी दिनहरुमा थप विशेष टोली परिचालन गर्ने भएको छ ।

गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा सार्वजनिक बसमा यात्रा गरेका महिलामाथि हिंसा गर्ने २४३ लाई विशेष टोलीले पक्राउ गरेको थियो।

काव्य विद्यालय, प्रहरी समन्वय समिति, महानगरीय प्रहरीवृत्त नयाँ बानेश्वर तथा बानेश्वर सामुदायिक प्रहरी सेवा केन्द्रद्धारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा रानीपोखरी महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सो स्थानमा अगामी दिन थप प्रहरी परिचालन गरिने जानकारी दिए ।

पछिल्लो समयमा साइबर अपराधमा किशोरकिशोरी र युवायुवतीको बढी संलग्नता देखिएको उल्लेख गर्दै उनले कम उमेरका आफ्ना छोराछोरीलाई सामाजिक सञ्जालबाट टाढा राख्न अभिभावकलाई सुझाव दिए।

तपाईको प्रतिक्रिया