विप्लवका घोराही इन्चार्जद्धारा पार्टी परित्याग

नारीकोसिस डटकम/जेठ १०, नेत्रविक्रम चन्द विप्लव नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू बिहानीले पदबाट राजीनामा दिएका छन् ।
उनले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई पार्टीको नीति, सिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएको बताए । उनले अब आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको र आम नागरिक सरह जीवनयापन गर्न चाहेको बताए ।
पछिल्लो समय विप्लव समूहले गरेको हिंस्रक गतिविधिले समाजमा सकारात्मक सन्देश नदिएको हुँदा आफूले उक्त समूह परित्याग गरेको उनको भनाइ थियो ।
आम नागरिकले अब देशमा शान्ति चाहिरहेको अवस्थामा फेरि पनि युद्धको झल्को दिने गतिविधि गर्नु उचित नभएको उनले बताए ।



तपाईको प्रतिक्रिया