प्रेम गर्ने झुटो आश्वासन दिएर बालिकामाथि बलात्कार गर्ने एक युवक पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
प्रेम गर्ने झुटो आश्वासन दिएर बालिकामाथि बलात्कार गर्ने एक युवक पक्राउ

Share

नारीकोसिस डटकम/जेठ २७, विराटनगर । प्रेम गर्ने झुटो आश्वासन दिएर बालिकामाथि बलात्कार गर्ने एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। विराटनगर–१४ की १६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा २५ वर्षीय दिव्य पोद्दारलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका–१२ घर भएका पोद्दार विराटनगर–१० स्थित सोमबारे हटिया नजिक डेरा बस्दै आएका थिए।

प्रहरीका अनुसार पोद्दारले बिहे गर्छु भन्दै झुटो आश्वासन दिएर गत वैशाख १० गते बालिकालाई आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका पोद्दारको ८ वर्षअघि नै बिहे भइसकेको अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया