नेपालकै पहिलो डोजर चलाउने साहसी नारी: मुनाको साहसको जीवनकथा (हेर्नुहोस् भिडियोसहित)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नेपालकै पहिलो डोजर चलाउने साहसी नारी: मुनाको साहसको जीवनकथा  (हेर्नुहोस् भिडियोसहित)

Share

निर्मला सापकोटा सञ्जेल/सुनिता तामाङ/काठमाडौं । जेठ महिनाको टन्टलापुर चर्को घाम, साथमा फोहोरको दुर्गन्ध, त्यसमाथि मेसिनको तापक्रम । यस्तो अवस्थमा कसलाई गर्मी अनि थकाई नलाग्ला र ?  तर पनि  हँसिलो  मुहारमा निलो कलरको फुलवुट्टे टिसर्ट र निलै पाईन्ट, हलका पिङ्क र खरानी कलरको कन्भर्स जुत्तामा निर्धक्कले डोजर चलाईरहनुभएकी मुनालार्ई देख्दा गर्मी, दुर्गन्ध, थकाईको कुनै पर्वाह छैन ।

गोरखा स्थायी घर भई तनहुँ जिल्ला आँवु खैरेनीमा हुर्कीनुभएकी नेपालकै पहिलो (ह्याभी इक्युमेन्ट अपरेटर ) डोजर चालिका रुपमा चिनुनुभएकी साहसी महिला हुन् मुना घिमिरे श्रेष्ठ । कामको शिलशिलामा नेपालको अधिकांश जिल्लाहरु पुग्नुभएकी मुनाले भारतको गुजरातमा पनि केही समय डोजर चलाउनुभयो । जहाँ उहाँलाई तत्कालिन मुख्यमन्त्री नरेन्द्र मोदीले सम्मान पनि गरेका थिए ।

अहिले उहाँ सडक विभागमा कार्यरत हुनुहुन्छ । जसअनुरुप हाल काठमाडौं उपत्यकाको विजुलीवजार वागमति खोलामा थुप्रिएको फोहोर तथा माटो पन्छाउने काममा उहाँ व्यस्त हुनुहुन्छ ।

करिव १७ वर्षको उमेरमा यस पेशालाई अंगालेकी घिमिरे श्रेष्ठ आफूले डोजर चलाउने कार्यलाई निरन्तर दिएको २० वर्ष पुगेको बताउनुहुन्छ ।

हाम्रो समाजमा एउटा महिलाले डोजर चलाउनु कुनै सामन्य विषय होइन । साथै डोजर चलाउने पेशा आफैमा जोखिमपूण पेशा हो । जुन जोखिमपूर्ण कार्य महिलाले गर्न सक्दैन् भन्ने हाम्रो सामाजिक मान्यता छ । तर मुनाले यस मान्यतालाई गलत सावित गर्नुभएको छ । सानैदेखि महिला–पुरुषबीच गरिने विभेद महसुश गर्दै हुर्किनुभएकी मुनालाई लाग्थ्यो “पुरुषले गर्ने अप्ठ्यरा काम नै गर्न पाए  हुने नि ।”

हाम्रो नेपाली समाज अझै पनि छोरीप्रति हेर्ने दृष्ट्रिकोणमा फराकिलो सोचको विकास भइसकेको अवस्था छैन । त्यसमाथि आज भन्दा तिन दशक अगाडी छोरीलाई समाजले हेर्ने दृष्ट्रिकोण झनै साँघुरो थियो । जसको प्रभाव मुनामा पनि प¥यो । मुना परिवारको दुुई छोरी मध्येकी जेठी छोरी हन् । उहाँ भन्नुहुन्छ “जव म ५/६ वर्षको उमेर भए तवदेखि नै छोराछोरीविचको भेदभावले छोएको थियो, र मलाई छोराले आमावुवाप्रति गर्नुपर्ने जीम्वेवारी वहन गर्नु थियो त्यसैले पूरुषसरह मैले केही  गरेर देखाउनु थियो ।”

मुनाले विभिन्न पारिवारिक घरव्यहारका कारण पढाईलाई थाती राखेको करिव १५ वर्षपश्चात पढाईलाई निरन्तर दिई प्रमाणित तहसम्म अध्ययन गर्नुभयो  ।  मुना भन्नुहुन्छ “वि.सं.२०६९ मा ५६.८८ प्रतिशतसहित एसईई उत्तीर्ण गरी प्लस टु सम्म पास गरेकी छु ।”

मुना घिमिरेले अन्तरजातिय विवाह गर्नुभयो । तर पनि पारिवारिक साथ सहयोग नै यो कार्यमा सफलता मिलेको उहाँ बताउनुहुन्छ । मुना भन्नु हुन्छ “म घिमिरेको छोरी, मैले श्रेष्ठसँग विवाह गरेकी हुँ । विवाह पश्चात पनि मेरो श्रीमानबाट साथ पाए, जसले गर्दा यो सेक्टरमा सफल भएकी छु ।” मुनाको  हाल एक छोरी एक छोरा छन् ।

सुरुवाती दिनहरुमा काम पाउन धेरै गाह्रो भयो मुनालाई । खाली खुट्टा हिँड्दै कामको खोजी गर्नुभयो । यसरी खाली खुट्टा नै हिँडेको देखेर कतिपय कन्स्ट्रक्सनका हाकिमहरूले उहाँलाई ‘तलदेखि माथिसम्मै हेरेर छैन–छैन कामसाम भन्दै हकारर्दै हेयको दृष्ट्रिले हेरको संस्मरण सुनाउनुहुन्छ ।

जीवनमा आईपरेका उत्तरचडावलाई आत्मासाथ गर्दै जुनसुकै दुखमा पनि खुशी साथ जीवनलाई अघि वढाउनु भएकी मुना भन्नु हुन्छ, ‘सोखलाई शक्तिमा वदल्नु पर्छ र म पनि आफ्नो जीवनमा भोगेका दुखको क्षणलाई स्वीकारेर अगाडि बढेको मान्छे हुँ ।’

सामाजले महिलाहरुलाई हेर्ने दृष्ट्रिकोण वदल्ने हो भने पहिला महिलाले आफूलाई बदल्न सक्नुपर्छ र स्वंयम  हिम्मत र आत्मा विश्वासका साथ दत्त चित्त भएर अगडि वढेमा र  आफूले गर्ने कामलाई माया र सम्मान गरेमा जुनसुकै काममा सफलता हाँसिलगर्न सकिने आम महिला दिदीवहिनीहरुलाई मुनाको सुझाव छ ।

मुना घिमिरे श्रेष्ठको साहस, निडर स्वभाव, आत्माविश्वास र उहाँको यो साहसी तथा अवसर पाए महिलाले पनि जुनसुकै कार्य गर्न सकिन्छ भन्ने उदाहरिणीय कार्यप्रति राज्यले पनि उच्च सम्मान गरियोस् ।

भिडियो:

 

तपाईको प्रतिक्रिया