समता अस्पतालमा युवती झुण्डिएको अवस्थामा फेला

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
समता अस्पतालमा युवती झुण्डिएको अवस्थामा फेला

Share

नारीकोसिस डटकम/असार ३, काठमाडौँ । बौद्धस्थित समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छन् । २७ वर्षीया बिमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

बिमला मृत फेला परेपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। आक्रोशित आफन्तले अस्पतालमाथि हत्या नै भएको आरोप लगाउदैँअस्पताल परिसरमा नाराबाजी गरिरहेका छन् ।

रामेछापको दोरम्बा घर भएकी विमलां केही महिनादेखि उक्त अस्पतालमा कार्यरत थिइन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार अहिले अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया