बुद्ध एयरको सन्ध्याकालीन उडान स्थगित

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बुद्ध एयरको सन्ध्याकालीन उडान स्थगित

नारीकोसिस डटकम/असार ५, सुर्खेत । सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो ।

काठमाडौँका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरु भएको एक हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिए ।

हाल दुई उडानमा काठमाडौँका लागि ४० यात्रु बुद्ध एयरले पाएको पन्तले बताए ।

तपाईको प्रतिक्रिया