पूर्वी नेपालमा मनसुनी वर्षा शुरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पूर्वी नेपालमा मनसुनी वर्षा शुरु

Share

नारीकोसिस डटकम/असार ५, काठमाडौं । गत २४ घण्टामा ताप्लेजुङमा सबैभन्दा बढी अर्थात १४ दशमलब ६ मिलिमिटर पानी पर्‍यो । जल तथा मौसम विज्ञान विभागका अनुसार ओखलढुंगा, धनकुटा, विराटनगर लगायतका क्षेत्रमा पनि वर्षा भएको छ ।

मौसमविद्हरूका अनुसार पूर्वी नेपालबाट मनसुनी वर्षा शुरु भइसकेको छ । गत वर्षको तुलनामा १० दिन ढिलो गरी मनसुन शुरु भएको हो । गत वर्ष ८ जुनमै मनसुन शुरु भएको थियो ।

विभागले मनसुन शुरु भएको औपचारिक घोषणा भने गरिसकेको छैन । मनसुन शुरु हुनका लागि आवश्यक पर्ने सबै मापदण्ड पूरा भइसकेको छ,’ विभागकी मौसमविद मन्जु बासी भन्छिन्, ‘बैठक बसेर एक दुई दिनमा औपचारिक घोषणा गर्छौं ।’

मनसुन देशभरी फैलिन भने आठ दश दिन लाग्न सक्ने मौसमविद् बासीले जानकारी दिइन् । उनका अनुसार यो वर्ष साधारण वर्षा हुने अनुमान गरिएको छ ।

सामान्तया पूर्वी नेपालमा १० जुन र काठमाडौंमा १२ जुनमा मनसुन शुरु हुन्छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार पूर्व र मध्य नेपालका केही स्थान तथा पश्चिम क्षेत्रका थोरै स्थानमा हल्का वर्षासहित मेघगर्जन हुने पूर्वानुमान गरेको छ ।

यस्तै बिहीबार राति देशको पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

तपाईको प्रतिक्रिया