विप्लवका गुल्मी जिल्ला सेक्रेटरी खड्का रिहा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विप्लवका गुल्मी जिल्ला सेक्रेटरी खड्का रिहा

Share

नारीकोसिस डटकम/असार १७,गुल्मी । विप्लव नेतृत्वको नेकपा गुल्मी जिल्ला पार्टी सेक्रेटरी खिम खड्का चार महिना पछि रिहा भएका छन् । उनलाई फागुन १९ गते शान्ति सुरक्षामा खलल पु¥याएको आरोपमा जिल्ला प्रहरी कार्यालय गुल्मीले सदरमुकाम तम्घासबाट पक्राउ गरेको थियो ।

उनलाई प्रशासनले पटक–पटक धरौटीमा छाड्दै बाहिर निस्कन साथ प्रहरीले पुनः पक्राउ गरी हिरासतमा राख्ने गरेको थियो ।

बन्दी प्रत्यक्षीकरण रिट माथी सुनुवाई गर्दै सर्वोच्च अदालतले तत्काल थुनामुक्त गर्ने आदेश दिएपछि उनि १ सय २२ दिन पछि रिहा भएका हुन । सो पार्टीका जिल्ला ईञ्चार्ज पुर्णबहादुर सिंह र जिल्ला जनसरकार प्रमुख प्रशान्त बराल भने भुमिगत छन् ।

तपाईको प्रतिक्रिया