ओखलढुंगामा बाढी–पहिरोबाट चारको मृत्यु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
ओखलढुंगामा बाढी–पहिरोबाट चारको मृत्यु

Share

नारीकोसिस डटकम/असार २९, ओखलढुंगा । सडकका कारण ओखलढुंगामा दुई जनाले ज्यान गुमाएका छन् ।

मोलुङ गाउँपालिका वडा नं. ७ पात्लेमा शनिबार बिहान पहिरो जाँदा एकै परीवारका दुई जनाको ज्यान गएको हो । पहिरोमा परी मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नं. ७ की ४० वर्षिय खपुटी शेर्पा र उनकी १२ वर्षिय छोरी याङजी शेर्पा रहेको प्रहरीले जनाएको छ ।

चारदिन देखी परेको अविरल वर्षाका कारण शुक्रवार चिसंखुगढी गाउँपालिकाको स्थानीय लसुनेखोलाले बगाउँदा शुक्रबार एक जनाको मृत्यु भएको थियो भने शनिबार बिहान मोलुङ गाउँपालिका ७ पात्लेमा घरमा बसी रहेको अवस्थामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका अनुसार चिसंखुगढी गाउँपालिका ४ नवलपुरका ८५ वर्षीय बृद्धा पासाङकुटी शेर्पाको शुक्रबार र शनिबार मोलुङ गाउँपालिका वडा नं. ७ की ४० वर्षिय खपुटी शेर्पा र उहाँकी १२ वर्षिय याङ्जी शेपाको घटना स्थलमै मृत्यु भएको हो ।

त्यस्तै गरी मोलुङ खोलामा आएको बाढीले बगाएर गम्भीर घाईते हुनु भएका सुनकोसी गाउँपालिका ४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको पनि मृत्यु भएको स्थानियले बताएका छन् ।

घरमाथि खनिएको सडकका कारण पहिरो जाँदा आमाछोरीको ज्यान गएको वडा अभ्यक्ष हेम सुनुवारको भनाई छ ।

तपाईको प्रतिक्रिया