भारतीय मोटरसाइकल आगजनी गर्ने २ जना पक्राउ

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
भारतीय मोटरसाइकल आगजनी गर्ने २ जना पक्राउ

Share

नारीकोसिस डटकम/साउन ७, बारा । बारामा भारतीय नम्बर प्लेटको २ मोटरसाइकल आगजनी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका ११ का २३ वर्षीय शम्भु पटेल र सोही ठाउँका २० वर्षीय चोकट भन्ने धर्मेन्द्र साह रहेका छन् ।

भारतीय नागरिक विनोद यादवको नाममा दर्ता रहेको BR 06 AQ 9011  र सन्दीप कुमार कौशलको नाममा दर्ता रहेको  BR 05 Q 3249 मोटरसाइकल उनीहरुले कलैया उपमहानगरपालिकास्थित राजीव पाण्डेको घरको कम्पाण्डमा रोकीराखेको अवस्थामा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए ।

सुवर्ण गाउँपालिका ७ का सञ्जित यादव र सोही ठाउँका नन्दकिशोर प्रसादका आफन्त रहेका भारतीय नागरिक यादव र कौशलको मोटरसाइकल काम विशेषले लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी भट्टराईले बताए ।

उनीहरुले ३ गते बिहान ३ बजेको समयमा मोटरसाइकलमा आगजनी गरेको बयान दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत बाराबाट ५ दिनको म्यद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आगजनी गरेपछि लुकीछिपी बस्दै आएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाराको विशेष टोलीले साउन ६ गते कलैया उपमहानगरपालिका ११ बाट पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया