वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

नारीकोसिस डटकम/साउन ३०, काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको बिहिबार बिहान निधन भएको छ ।
केहि दिन अगाडी उनलाई निमोनिया भएपछि अस्पताल लगिएको थियो र ठीक भएपछि घर ल्याइएको थियो । उनी ९६ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले बताएको छ।
पंचायत कालमा समीक्षा साप्ताहिक पत्रिका संचालन गरेर लामो समय सक्रिय पत्रकारिता गरेका मदनमणि दीक्षित सायित्यकारका रूपमा चर्चित छन्। वि.सं. २०१९ मा रूपरेखामा कसले जित्यो कसले हार्यो शीर्षक कथा प्रकाशित गरेर औपचारिक रूपमा साहित्य लेखन सुरू गरेका दीक्षित माधवी उपन्यासका लागि नेपाली साहित्यप्रेमीमाझ चर्चित छन्। उनको सो कृति २०३९ सालमा प्रकाशित भएको थियो।
सो उपन्यासका लागि उनले सो वर्ष प्रतिष्ठित मदन पुरस्कार तथा साझा पुरस्कार जितेका थिए । त्यसका अलावा उनी लेखनाथ साहित्य पुरस्कार, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, पद्मश्री सम्मान, राष्ट्रिय कलाश्री सम्मान आदि बाट सम्मानित भएका छन् ।
दीक्षितको जन्म वि सं १९७९ फागुन ६ गते बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा भएको थियो।



तपाईको प्रतिक्रिया