हेटौंडामा ५९ किलो गाँजासहित २ जना पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हेटौंडामा ५९ किलो गाँजासहित २ जना पक्राउ

Share

नारीकोसिस डटकम/साउन ३०, हेटौंडा । मकवानपुर प्रहरीले ५९ किलो ५८० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका ६ बस्ने २० वर्षीय भिमसेन मोक्तान र सोही ठाउँकै २६ वर्षीय रोशन लामा छन् ।

उनीहरुलाई हेटौंडा उपहानगरपालिका १० बसपार्क सडकखण्डबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
भिमसेनले चलाएको ५ ख १८२५ नम्बरको मिनी ट्रकको चालक बस्ने सिट मुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको थियो । गाँजा बरामद भएपछि सोही ट्रकमा सवार लामालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया