गोसाइँकुण्ड मेला भर्न गएका एक तीर्थयात्रीको लेक लागेर मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
गोसाइँकुण्ड मेला भर्न गएका एक तीर्थयात्रीको लेक लागेर मृत्यु

Share

नारीकोसिस डटकम/साउन ३०, रसुवा । गोसाइँकुण्ड मेला भर्न गएका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा मेलम्ची नगरपालिका–१२ सिन्धुपाल्चोकका २३ वर्षीय दीपक ढकाल रहेका छन्।

मेला भर्नका लागि बुधबार गोसाइँकुण्ड पुगेका उनको बिहीबार बिहान ज्यान गएको हो।

गोसाइँकुण्डस्थित एक होटलमा बसेका उनलाई राति गाह्रो भएपछि स्वास्थ्यकर्मीले जाँच गरेका थिए। जाँच गर्ने क्रममा नै उनको निधन भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया