पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानले रवि पक्राउप्रति आपत्ति जनाए

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानले रवि पक्राउप्रति आपत्ति जनाए

Share

नारीकोसिस डटकम/साउन ३१, काठमाडौं । पत्रकार रवि लामिछाने र युवराज कँडेललाई टेलिभिजनको कार्यालयबाट गरिएको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानले आपत्ति जनाएको छ ।

शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत लगाइएको आरोपमा प्रहरीले सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर सञ्चारगृहको कार्यालय परिसरभित्रै प्रवेश गरी नियन्त्रणमा लिएको प्रति प्रतिष्ठानले आपत्ति जनाएको हो ।

कार्यवहाक अध्यक्ष प्रदीपराज दाहालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले दिएको भिडियो प्रकरणबारे प्रहरीलाई अनुसन्धानका लागि आवश्यक सबै सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्दागर्दै प्रहरीले कार्यक्रम सीधाकुरा जनताको कार्यकक्षमै आएर नियन्त्रणमा लिएकोप्रति खेद व्यक्त गर्दछौं ।’

सञ्चारगृहभित्र प्रवेश गरेर प्रहरीले देखाएको शैलीबाट प्रेस स्वतन्त्रता र सूचनाको हकमा प्रश्न उठाएको पनि भनिएको छ ।

हेर्नुस् विज्ञप्ति

तपाईको प्रतिक्रिया