चितवनको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी

नारीकोसिस डटकम/भदौ २, चितवन। चितवनको वाणिज्य बैंक र लायन्स भवनमा आगलागी भएको छ । बैंकमा सोमबार बिहान र लायन्स भवनमा गएराति आगो लागेको हो ।
चितवनको भरतपुरस्थित चौबीसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा बिहान आगलागी भएको हो । बैकको पहिलो तलाबाट सुरु भएको थियो ।
आगलागी भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका जानकारी दिए ।
प्रहरीले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरेको छ ।
लायन्स भवनमा पनि आगलागी
त्यस्तै, चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा पनि आगलागी भएको छ ।
गएराति भएको आगलागीबाट भुइँतलामा रहेको मोबाइल पसल जलेको प्रहरीले जनाएको छ ।आगो भरतपुर महानगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।



तपाईको प्रतिक्रिया