खोटाङमा कुटपिट आरोपमा वडाध्यक्षसहित चार पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
खोटाङमा कुटपिट आरोपमा वडाध्यक्षसहित चार पक्राउ

Share

नारीकोसिस डटकम/भदौ ३, खोटाङ । हुलहुज्जत गरेर स्थानीय युवालाई निर्घात कुटपिट गरेको आरोपमा केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका वडाध्यक्षसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति सप्तेश्वरकै ३० वर्षीय महेश राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेको ठाडो उजुरीका आधारमा वडाध्यक्ष खगेन्द्र राईसहित चारजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको डिएसपी बामदेव गौतमले बताए।

कुटपिटबाट गम्भीर घाइते भएका महेशलाई आइतबार एक लाख ८० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर गरी केएमसी अस्पताल काठमाडौं पु¥याइएको छ।

वडा कार्यालय भवन निर्माणका लागि उपभोक्ता समिति गठनको विषयलाई लिएर उनीहरूबीच झगडा भएको स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया