सुनसरीमा छुरा प्रहारबाट एक जनाको मृत्यु

नारीकोसिस डटकम/भदौ ९, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ ।
स्थानीय मुर्ताज मियाँले घरायसी झगडामा धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिए ।
छुरा प्रहार गर्ने मुर्ताजले समेत बीस सेवन गरेकाले उनी पनि गम्भीर घाइते भएको र अहिले उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
छुरा प्रहार गरी हत्या गर्ने मुर्ताज प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।



तपाईको प्रतिक्रिया