बस दुर्घटना हुदाँ तीनको मृत्यु, २७ घाइते

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बस दुर्घटना हुदाँ तीनको मृत्यु, २७ घाइते

Share

नारीकोसिस डटकम/भदौ ११,  सुर्खेत । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्ग अन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् ।

त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको र दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनेसक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया