कोचिङ पढ्दा पढ्दै ९ छात्रा बेहोस, १ को मृत्यु

नारीकोसिस डटकम भदौ ११, पाल्पा । रम्भा गाउँपालिका–५, ताहुँमा कोचिङ् पढ्दा पढ्दै ९ छात्रा बेहोस र एक जनाको मृत्यु भएको छ ।
रम्भा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत नौ जना बेहोस भएका पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गकी १६ वर्षीय कमला फालको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले फालको ज्यान गएको पुष्टि गर्दै बेहोस भएको स्थानमा अनुसन्धान भइरहेको बताए ।
मृतक फाल बेहोस भएपछि उनीसँगै रहेका ८ जना सहपाठी साथीहरु समेत रुँदा रुँदै बेहोस भएका थिए ।
बेहोस् भएकी छात्रा फालको प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा उपचार हुन सम्भव नभएपछि उनलाई तत्कालै लुम्बिनी मेडिकल लैजादै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया