पहिरोले घरै पुरियो २ को मृत्यु, ४ जनाको अवस्था अज्ञात

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पहिरोले घरै पुरियो २ को मृत्यु, ४ जनाको अवस्था अज्ञात

Share

नारीकोसिस डटकम/भदौ २७, रोल्पा। जिल्लाको थबाङ २, छेर्लोबाङमा बिहीबार राति गएको पहिरोले पुरिएका ६ जनामध्ये दुई जनाको मृत्यु भएको छ भने चार जनाको अवस्था अज्ञात छ ।

स्थानीय एकको घर पहिरोले पुरिँदा सो घरको माथिल्लो तलामा बसेका शिरकुमारी बुढा मगर र उनका चार वर्षीय छोराको शव निकालिएको छ । उनीहरु सुतेकै अवस्थामा पहिरोले च्यापिएर मृत अवस्थामा फेला परेको स्थानीयहरुले बताएका छन् ।

सोही घरको भुइँ तलामा बसेका अर्को परिवारका जय बुढामगरका चार जनाको परिवारको अवस्था अज्ञात रहेको छ । उनीहरुको खोजी र उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीय मुलज्योती बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षीय छोरी रहेको प्रहरीले जनाएको छ । उनीहरु जीवितै भेटिने सम्भावना कम रहेको बताइएको छ।

पहिरोबाट स्थानीय किसानका गाईबाख्रा र भेंडाको गोठ समेत पुरिएको छन् ।

घरको माथिपट्टि खनिएको सडकको माटोसहित आएको पहिरोले सो घर र गोठहरु पुरिएको हो ।

तपाईको प्रतिक्रिया