मौसमका कारण खुम्बुमा सयौं पर्यटक अलपत्र

नारीकोसिस डटकम/भदौ ३०, सोलुखुम्बु । मौसम प्रतिकुलताका कारण खुम्बु पासाङल्हामू गाउँपालिका २ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसक्दा खुम्बु भ्रमण सकेर फर्केका पर्यटकहरु अलपत्र परेका छन्।
पिक सिजनमा खुम्बु क्षेत्र भ्रमण सकेर करिब तीन सय पर्यटक उडानको पर्खाइमा रहेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ।
तीन दिनदेखि कुनै पनि उडान हुन सकेको छैन । हेलिकप्टरको समेत उडान रोकिएको छ। बाक्लो कुहिरो र पानीले गर्दा मौसम प्रतिकुल बनेको छ । भ्रमण सकेर राजधानी फर्कने सयौ पर्यटक लुक्लामै रोकिएका छन्।’
मौसम प्रतिकुलताले उडान प्रभावित हुँदा पर्यटक आवागमनमा समेत प्रभाव परेको छ।



तपाईको प्रतिक्रिया