नेकपा ताप्लेजुङले मन्त्रीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

नारीकोसिस डटकम/भदौ ३०, ताप्लेजुङ । पश्चिम नेपालको टीकापुरमा आयोजित डल्फिन महोत्सवको कार्यक्रममा सहभागी बनेर काठमाडौं फर्कने क्रममा नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्यययन मन्त्री योगेशकुमार भट्टराईमाथि अभद्र व्यवहार भएको भन्दै नेकपा ताप्लेजुङले निन्दा प्रकट गरेको छ।
आइतबार नेकपा ताप्लेजुङले पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भट्टराईमाथि भएको अभद्र हर्कतलाई निरुत्साहित गर्न जनआन्दोलनकारी लोकतान्त्रिक पार्टीहरुलाई अपिलसमेत गरेको छ।
नेकपा ताप्लेजुङले लोकतन्त्र तथा गणतन्त्रका पक्षधर आम नेपाली चाहे त्यो जुनसुकै लोकतान्त्रिक पार्टीमा समाहित भए पनि ज्ञानेन्द्र शाही प्रवृत्तिको विरुद्धमा रहनुपर्ने भन्दै शाही लगाएतका समूहहरुले गरेका हर्कत नियन्त्रणमा लिन सरकारसँग माग गरेको छ।



तपाईको प्रतिक्रिया