ज्ञानेन्द्र शाही थुनामुक्त

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
ज्ञानेन्द्र शाही थुनामुक्त

Share

नारीकोसिस डटकम/भदौ ३०, काठमाडौं । आफूलाई भ्रष्टचार विरोधी अभियन्ता दाबी गर्ने ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई प्रहरीले हिरासतबाट थुनामुक्त गरेको छ ।

आइतबार पत्रकार सम्मेलनबाटै नियन्त्रणमा लिएको प्रहरीले सोमबार थुनामुक्त गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए।

शाहीलाई सम्झाइ बुझाइ गरेर छोडिएको राइले बताए।

शाहीलगायतका युवाले गत शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको भन्दै विमानभित्रै गालीगलौज गरेका थिए ।

तपाईको प्रतिक्रिया