पाँचखाल र नेपालथोकमा ७ वटा हेलिकप्टर आकस्मिक अवतरण
नारीकोसिस डटकम/भदौ ३१, काभ्रे । खराव मौषमका कारण लुक्लाबाट काठमाडौ उडेका ४ वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डिएस्पी दिपक गिरीका अनुसार काभ्रेको पाँचखाल नगरपालिका वडा नम्वर २ जोरपाटीमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् भने पाँचखाल नगरपालिका २ कै हर्सेमा अर्को एउटा हेलिकप्टर अवतरण गरेको छ ।
मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका ४ वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हुन् ।
त्यस्तै काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् ।



तपाईको प्रतिक्रिया