अरुण नदीमा जीप खस्दा, ६ जना बेपत्ता

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
अरुण नदीमा जीप खस्दा, ६ जना बेपत्ता

Share

नारीकोसिस डटकम/असोज १, संखुवासभा । संखुवासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।

धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १०ः१५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए ।

तामाङका अनुसार गाडी चालक सन्तोष वि.क. चालक सहित ६ जना बेपत्ता भएका हुन् । बिरामीको खाँदबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको हो ।
रातको समयमा दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुनसकेको छैन। अरुण खोलामा बाढी आएका कारण उनीहरुको खोजीमा समेत समस्या भएको छ । गाडी खाँदबारी–१ का राजनारायण लिम्बुको रहेको खुलेको छ ।

तपाईको प्रतिक्रिया