बसको ठक्करबाट एक जनाको मृत्यु

नारीकोसिस डटकम/असोज १, कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उप महानगरपालिका– १० का २६ वर्षीय रञ्जित रानाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइलमा सवार १५ वर्षीय रञ्जेश्वरी राना गम्भीर घाइते भएका छन् । कैलालीमा उपचार सम्भप नभएपछि उपचारको लागि भारत लागेका छन् ।
बस र बसका चालक दाङ जिल्ला शान्ति नगरपालिका– ३ का ३६ वर्षीय रुपलाल खड्कालाई इप्रका झलारीले नियन्त्रणमा लिएको छ ।
मोटरसाईकलले सडक पार गर्ने क्रममा तीव्र गतिमा रहेको बसले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ ।



तपाईको प्रतिक्रिया