ह्याकरले चोरे कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ

नारीकोसिस डटकम/असोज ८, काठमाडौं । । कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुले १६ भदौमा ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेर चोरिएको रकम बरामद गरे पनि बैंकहरुले साइबर सुरक्षामा गम्भीरता नदेखाउँदा फेरि कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ लुटिएको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंकको लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरे ।
प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख देखिएको र बाँकी कुरामा अनुसन्धान चलिरहेको राष्ट्र बैंकले जनाएको छ ।



तपाईको प्रतिक्रिया