आगजनीबाट वडा कार्यालय ध्वस्त, ५ जना पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आगजनीबाट वडा कार्यालय ध्वस्त, ५ जना पक्राउ

Share

नारीकोसिस डटकम/असोज २८, मकावनपुर । मकवानपुरको थाहा नगरपालिका ५ को वडा कार्यालयमा भएको आगजनीबाट नवनिर्मित चारकोठे भवन ध्वस्त भएको छ । आगजनीमा संलग्न रहेको आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेकोे छ ।

सोमबार राति नगरपालिकाको आरनडाँडामा रहेकोे कार्यालयमा आगजनीमा संलग्न रहेको भन्दै ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम सार्वजानिक गरेको छैन ।

२६ गते राति कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको बताइएको छ ।

पेट्रोल तथा मट्टितेल लगिएको बोतल कार्यालय छेवैमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

घटनाबारे गाउँलेले प्रहरीलाई जानकारी गराएका थिए ।

आगजनीबाट कार्यालयको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया