ब्रा नलगाउने अभियान चलाएकी ‘नो ब्रा’ अभियन्ता मृत फेला

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
ब्रा नलगाउने अभियान चलाएकी ‘नो ब्रा’ अभियन्ता मृत फेला

Share

 

नारीकोसिस डटकम असोज २८, । ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला परेकी छन् ।

राजधानी सोलनजिकै रहेको आफ्नो घरमा गायिका सुली सोमबार उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ ।

२५ वर्षीया सुलीको वास्तविक नाम चोप जिन रि हो । उनले दक्षिण कोरियामा ब्रा लगाउने–नलगाउने कुरा महिलाको निजी मामिला एवम् स्वतन्त्रताको कुरा हो भन्ने सन्देश फैलाएकी थिइन् ।

तपाईको प्रतिक्रिया