गोठाटारमा सिभिल बैंङ्कको १०० औं शाखा उद्घाटन ( भिडियो सहित )

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
गोठाटारमा सिभिल बैंङ्कको १०० औं शाखा उद्घाटन ( भिडियो सहित )

Share

नारीकोसिस डटकम/कात्तिक १, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटारमा सिभिल बैंकको १०० औं शाखाको उद्घाटन गरिएको छ ।

सो शाखाको उद्घाटन शुक्रवार सोही नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णहरी थापाले गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै नगरप्रमुख कृष्णहरी थापाले  बैंक शाखाहरुमध्येको १०० औं शाखाको उद्घाटन गर्न पाउदा अत्यन्तै खुशी लागेको र व्यवस्थित ढङ्गले खोलिएको शाखा रहेको हुँदा विश्वस्त भई आफ्नो घरदैलोमा आईपुगेको  बैङ्किङ सेवालाई ढुक्कले सदुप्रयोग गर्न आम स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

यसै गरी  बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको १०० औं शाखा मार्फत यस कागेश्वरी मनोहरा नगरपालिकाका स्थानिय जनतालाई सर्वसुलव बैंङ्कीङको सेवा सुविधा प्रदान गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । साथै यस बैंकले मंसिर सम्ममा ११९ वटा शाखा पु¥याउने लक्ष्य लिएको जानकारी गराउदै ९९ वटा शाखा सञ्चालनमा ल्याउदासम्म ३ लाख ७५ हजार जना ग्राहकहरुलाई बैंकिङ् सेवा प्रदान गर्दै आईरहेको र त्यसवाट करिव ४८ करोड वचत परिचालन गर्न सफल भएको बताउनुभयो ।

सोही वडाका वडा अध्यक्ष कुन्दन खड्काले वडा नम्वर ९ मा बढि जनघनत्व भएको हुँदा ,स्थानियबासीलाई यस बैंकले विश्वासनीय सेवा सुविधा प्रदान गरेको खण्डमा द्रुत गतिमा विस्तार गर्न सकिने कुरा व्यक्त गर्नुभयो ।

सिभिल बैंकका सञ्चालक प्रताप जंङ्ग पाण्डेले गोठाटारमा १०० औं शाखाको रुपामा खोल्न पाएको खुशी व्यक्त गर्दै सो शाखामा एटिएम सहितको सेवा रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सोहि बैंकका प्रतिनिधित्व गर्ने व्यक्तिहरु, विभिन्न संघ संस्थाका व्यक्तिहरु र कर्मचारी लगायत स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया